
चैत्र १२
नेपालको भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच शनिबार साँझ भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवासँग भेट्न चिनियाँ विदेशमन्त्री बालुवाटार पुगेका हुन् ।
सो अवसरमा परराष्ट्र मन्त्री नारायण खड्काको पनि उपस्थिति रहेको थियो । विदेशमन्त्री वाङ यीले मन्त्री खड्कालाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको चाबी हस्तान्तरण गरेका थिए ।
प्रकाशित मिति : २०७८ चैत्र १२ गते शनिवार