२०८१ बैशाख ९ गते आइतवार

महासचिव विप्लवसहित सिङ्गो नेकपा श्रममा सहभागी




चैत्र ११
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, केन्द्रीय समितिका सचिवालय सदस्यहरू प्रकाण्ड, कञ्चन, सुदर्शन र विषम केन्द्रीय जनकम्युनमा श्रममा सहभागी भएका छन् ।

श्रममा सहभागी नेकपा नेताहरु


पार्टी केन्द्रीय सम्पर्क कार्यालय शिवगढी, कपिलवस्तुमा केन्द्रीय समितिको बाह्रौँ पूर्ण बैठक जारी रहेकै समयमा महासचिव, सचिवालयका सबै सदस्य र केन्द्रीय सदस्यहरू बिहीबार केन्द्रीय जनकम्युनमा श्रममा सहभागी भएर गहुँ काट्ने काम गरेका हुन् ।
शनिबार सुरु भएको केन्द्रीय समितिको बैठकमा बिहीबार खाना समयसम्म सबै केन्द्रीय समितिका सचिवालय सदस्य, केन्द्रीय सदस्य र सल्लाहकार समितिका सदस्यले महासचिव विप्लवद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा आआफ्ना सुझाव, धारणासहित आफ्नो जिल्ला/क्षेत्र/जिम्मेवारीको रिपोर्टिङ प्रस्तुत गरेका छन् ।

प्रकाशित मिति : २०७८ चैत्र ११ गते शुक्रवार