२०८० फाल्गुन ९ गते बुधवार

सुनौलो हजार दिनका २५ जना महिलाहरुलाई बाख्रा वितरण कार्यक्रम सम्पन्न



अमृत वली
====२०७८-११-२८
रोल्पा
सुनौलो हजार दिनका २५ जना महिलाहरुलाई बाख्रा वितरण कार्यक्रम र दिपमाला महिला बचत सहकारी संस्था लिमिटेडको ९ ओैं साधारण सभा तथा तेस्रो अधिवेशन कार्यक्रम त्रिवेणी गाउँपालिका ७ तिला रोल्पामा सम्पन्न भएको छ ।।
त्रिवेणी गाउँपालिका रोल्पाको आर्थिक सहयोग तथा दिपमाला महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा सुनौलो हजार दिनका २५ जना महिलाहरुलाई १/१ वटा बाख्रा, १ थान देक्चि,१ थान पराट,१ थान खुर्पा,३५ केजी मकै वितरण गरिएको छ ।।
उक्त कार्यक्रममा त्रिवेणी गाउँपालिका अध्यक्ष शान्त कुमार वली, त्रिवेणी गाउँपालिका उपाध्यक्ष सावित्रा कुमारी बुढा घर्ती , जिल्ला संमन्वय समिति रोल्पाका सदस्य मान बहादुर केसी ,त्रिवेणी गाउँपालिका ७ नम्बर वडा अध्यक्ष भान बहादुर घर्ती , त्रिवेणी गाउँपालिका सुचना प्रविधि शाखा प्रमुख भरत डिसी,त्रिवेणी गाउँपालिका महिला बालबालिका शाखा प्रमुख हिरा बुढा , पोषण सहजकर्ता सुरेश डागि, गैरिगाउ स्वास्थ्य चाौकिका इन्चार्ज रुपास बस्नेत , वडाका जनप्रतिनिधि , विभिन्न राजनीति दलका प्रमुख तथा प्रतिनिधि , संस्थाका सेयर सदस्य लगाएतको आथित्यता रहेको थियो ।


कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अथिति तथा त्रिवेणी गाउँपालिका अध्यक्ष शान्त कुमार वलीले सुनौलो हजार दिनका महिलाहरुलाइ वितरण गरेको यी सामाग्रीहरुको उचित व्यवस्थापन गरि हरेक बार खाना चारको पद्धतिलाई लागू गरि आफु र आफ्ना बच्चाहरुलाई स्वस्थ राख्न आग्रह गर्नुभएको छ।
साथै दिपमाला महिला बचत तथा ऋण सहकारी संस्थाको तेस्रो अधिवेशनबाट नया नेतृत्व चयन गरिएको छ । जसको अध्यक्षमा लालसरी घर्ती , उपाध्यक्षमा पिमा वली ,सचिवमा राम कुमारी डागि,कोषाध्यक्षमा सृजना झाक्रि,सहित १० सदस्य समिति ,लेखा समितिमा धन कुमारी बुढाको संयोजकत्वमा ३ सदस्य समिति ,ऋण उपसमितिमा भिमा कुमारी वलीको संयोजकत्वमा ३ सदस्य समिति चयन गरिएको छ।

प्रकाशित मिति : २०७८ फाल्गुन २८ गते शनिवार