
अमृत वली
रोल्पा
२०७८-११-१४
“समृद्ध नेपाल निर्माणका लागि स्वस्थ, कर्मठ र उद्यमी युवा” भन्ने मुला नारा सहित सुरु भएको
नमुना युवा संसदको स्थापना र अभ्यास कार्यक्रम अन्तर्गत ३ दिन सम्म सञ्चालन भएको नमुना युवा गाउँ सभा तालिम कार्यक्रमको समापन समारोह त्रिवेणी गाउँपालिका रोल्पाको बहुउद्देश्यीय सभा हल जुगारमा सम्पन्न भएको छ ।
त्रिवेणी गाउँपालिका नमुना गाउँ सभा अध्यक्ष अमृत वलीको सभाअध्यक्षतामा सुरुभएको कार्यक्रममा त्रिवेणी गाउँपालिका अध्यक्ष शान्त कुमार वली, त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय प्रमुख निम बहादुर के:सी, त्रिवेणी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष देउराम घर्ती , त्रिवेणी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष कविराज बुढा , त्रिवेणी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष कृष्णबहादुर केसी , त्रिवेणी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष लेखमणी डागि,त्रिवेणी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष भान बहादुर घर्ती , त्रिवेणी गाउँपालिका शिक्षा शाखा प्रमुख लिला घर्ती , जिल्ला युवा समिति दाङ अध्यक्ष तथा तालिमका प्रशिक्षक सुरेशकुमार रावत , जिल्ला युवा समिति रोल्पाका अध्यक्ष ठाकुर प्रशाद वली ,हुरेक रोल्पाका कार्यक्रम संयोजक धरेन्द्र डागी ,बिद्यालयका प्रधानाध्यापक,सुरक्षाकर्मी लागएतको आथित्यता रहेको थियोे ।
त्रिवेणी गाउँपालिकाको आयोजना तथा जिल्ला युवा समिति रोल्पाको समन्वय रहेको नमुना युवा गाउँसभा तालिम फाल्गुन २४ गते देखि २६ सम्म सञ्चालन भएको हो।
तालिममा सिकेका गाउँ सभा सञ्चालन सम्बन्धि बिषयलाई अथितिहरु समझ प्रस्तुत गरिएको थियो । गाउँपालिकाका ७ वटै वडाबाट जम्मा २८ युवाहरु जनाको सहभागी रहेको थियो ।। नेपालका ७५३ वटा पालिकाकामा चल्ने नमुना गाउँ सभा कार्यक्रम रोल्पाका १० वटा स्थानीय तह मध्ये पहिलो पटक त्रिवेणी गाउँपालिकामा सञ्चालन भएको हो ।। दिन सम्म चल्ने तालिमको मुख्य प्रशिक्षकमा जिल्ला युवा समिति दाङका अध्यक्ष शुरेस कुमार रावत र सहायक प्रशिक्षकमा जिल्ला युवा समिति रोल्पाका अध्यक्ष ठाकुर प्रशाद वली रहनुभएको थियो ।
नमुना गाउँ सभाको प्रदर्शन पश्चात् त्रिवेणी गाउँपालिका स्तरीय युवा संञ्जाल गठन गरिएको हो , जसको अध्यक्षमा अमृत वली , उपाध्यक्षमा डिला वली , सचिवमा यमकला केसी , कोषाध्यक्षमा सुशीला वि.क र जम्मा ११ सदस्यीय त्रिवेणी गाउँपालिका स्तरीय युवा संञ्जाल गठन गरिएको छ ।।