२०८२ बैशाख ५ गते शनिवार

नमुना युवा गाउँ सभा तालिमको रोल्पाको त्रिवेणी गाउँपालिकामा उत्घाटन



अमृत वली
रोल्पा
२०७८-११-१४

“समृद्ध नेपाल निर्माणका लागि स्वस्थ, कर्मठ र उद्यमी युवा”
नमुना युवा संसदको स्थापना र अभ्यास कार्यक्रम अन्तर्गत नमुना युवा गाउँ सभा तालिमको उत्घाटन कार्यक्रम त्रिवेणी गाउँपालिका रोल्पाको जुगारमा सञ्चालन भएको छ ।
त्रिवेणी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत निम बहादुर के:सीको सभाअध्यक्षतामा सुरुभएको कार्यक्रममा प्रमुख अथिति त्रिवेणी गाउँपालिका अध्यक्ष शान्त कुमार वली, अथितिहरुमा त्रिवेणी गाउँपालिका शिक्षा शाखा प्रमुख लिला घर्ती , जिल्ला युवा समिति दाङ अध्यक्ष तथा तालिमका प्रशिक्षक सुरेशकुमार रावत , जिल्ला युवा समिति रोल्पाका अध्यक्ष ठाकुर प्रशाद वली ,रेडियो नेपालका रोल्पा जिल्ला संवाददाता घनश्याम केसी लागएतको आथित्यता रहेको उत्घाटन कार्यक्रमको सञ्चालन त्रिवेणी गाउँपालिका कानुनी मामिला इकाई प्रमुख प्रेम प्रकाश पुनले गर्नुभएको थियोे ।


त्रिवेणी गाउँपालिकाको आयोजना तथा जिल्ला युवा समिति रोल्पाको समन्वय रहेको नमुना युवा गाउँसभा तालिम फाल्गुन २७ गते सम्म चल्ने जिल्ला युवा समिति रोल्पाका अध्यक्ष तथा तालिमका सहायक प्रशिक्षक ठाकुर प्रशाद वलीले बताउनुभयो ।।
४ दिन सम्म चल्ने नमुना गाउँ सभा तालिममा त्रिवेणी गाउँपालिकाका ७ वटै वडाबाट २८ युवाहरु जनाको सहभागी रहेको छ ।। नेपालका ७५३ वटा पालिकाकामा चल्ने नमुना गाउँ सभा कार्यक्रम रोल्पाका १० वटा स्थानीय तह मध्ये पहिलो पटक त्रिवेणी गाउँपालिकामा सञ्चालन हुनलागेको हो ।। ४ दिन सम्म चल्ने तालिमको मुख्य प्रशिक्षकमा जिल्ला युवा समिति दाङका अध्यक्ष शुरेस कुमार रावत र सहायक प्रशिक्षकमा जिल्ला युवा समिति रोल्पाका अध्यक्ष ठाकुर प्रशाद वली रहनुभएको रेडियो पल्लवी रोल्पाका अमृत वलिले बताउनुभयो ।

प्रकाशित मिति : २०७८ फाल्गुन २४ गते मङ्गलवार