२०७९ मङ्सिर १५ गते बिहिवार

प्रचण्ड पुगे सभामुखलाई भेट्न लैनचौर




फाल्गुन ११
सभामुख अग्निप्रसाद सापकोटा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ। भोलि बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी बारे छलफलको सम्भावित कार्यसूची सार्वजनिक भइरहँदा प्रचण्ड र सापकोटाबीच भेटवार्ता भएको हो ।
प्रचण्ड सभामुखलाई भेट्नका लागि लैनचौरस्थित निवास पुगेका थिए । भेटमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि थिए । एमसीसीको विपक्षमा जाने निर्णय गरेको नेकपा माओवादी केन्द्र यतिबेला संकटमा परेको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन ११ गते बुधवार