
माघ २८
नेपाल सरकारले स्थानिय तहको निर्वाचनको मिति घोषणा गरे सङगै जनता समाजबादी पार्टी को लुम्बिनी प्रदेश सम्पर्क समितिका सहसचिव दिपक पोख्रेलले तुलसिपुरको मेयरपदमा जसपा पार्टीको तर्फबाट आफ्नो उम्मेदवारी रहने बताएका छ्न।
२०६४ सालमा तत्कालीन वाइसिएल बाट राजनितिमा प्रवेश गरेका पोख्रेल नया शक्ति पार्टी नेपालको गठन भएसङगै २०७२ सालमा नया शक्ती दाङ काठमाडौ सम्पर्क समितिको अध्यक्ष भएका थिए ।२०७७ साल देखि समाजबादी बिद्यार्थी युनियन दाङ को अध्यक्ष को रुपमा रहदै आएका दिपक पोख्रेल बिगत १४ बर्ष देखि राजनिति का साथै पर्यटन ब्यबसाय र होटल ब्यबस्थापकको रुपमा आबद्ध हुँदै आएका छ्न।
विभिन्न समयमा विभिन्न बिधाको अनुभव बटुलेका दिपक तुलसिपुरको सुनौलो भबिस्य कोर्ने दृढता साथ जसपा को तर्फबाट तुलसिपुरको मेयरको उम्मेदवार बन्ने योजनाका साथ आफु आगाडी बढेको बताएका छ्न।
युवा नै देशको खम्बा हो भन्ने मुलमन्त्रलाई मनन गरेर दिपक पोख्रेलले हाम्रो पुस्ता सम्म आउदा भोगेका समस्याहरुलाइ नंया पुस्ताले भोग्न नपरोस र समृद्ध तुलसिपुर हुँदै समृद्ध नेपालको सपना बोक्नुको साथै अब आउदो पुस्ताले अनुसरण गर्न योग्य राजनितिक परिपाटी र देशमै गरिखान सक्ने अबस्थाको सृजना गर्नको लागि मेयरमा आफ्नो उम्मेदवारी रहने राप्ती सन्चारलाई बताएका छ्न।