
माघ ०६
कोरोना भाइरसकाे सङ्क्रमण बढ्दै गएपछि लोकसेवा आयोगले पूर्वनिर्धारित सबै परीक्षा स्थगित गरेको छ।
बिहीबार आयाेगले सूचना जारी गर्दै माघ ११ देखि माघ मसान्तसम्मका लागि निर्धारित सबै परीक्षा स्थगित गर्ने जनाएकाे हाे ।
आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीका अनुसार आयोगले माघ ११ गतेदेखि उपसचिव तहको परीक्षा निर्धारण गरेको थियो ।
प्रकाशित मिति : २०७८ माघ ६ गते बिहिवार