२०८० मङ्सिर २४ गते आइतवार

रानिघाट युबा क्लबले भबन निर्माण र प्रथम स्थापन दिबस मनाउने



माघ २
स्थापन भएको छोटो समय मा विभिन्न सामाजिक कार्य गर्दै आईरहेको तुल्सिपुर उपमहानगरपालिका वार्ड ७ स्थित रानिघाट युबा क्लब ले आफ्नो पहिलो बार्षिक स्थापन दिबस एबम क्लब को भवन निर्माण गर्ने भएको छ।


क्लबको बसेको बैठकले यहि माघ ८ गते प्रथम बार्षिक स्थापन दिबस मनाउने निर्णय गरेको छ। क्लब का अध्यक्ष नारायण न्यौपाने को अध्यक्षता एबम तुल्सिपुर उपमहानगरपालिका वार्ड न ७ का वार्ड सदस्यीय साथै क्लब का सल्लाहकार रामबहादुर जि सि को प्रमुख आतिथ्यता मा बसेको बैठक ले प्रथम स्थापन दिबस विविध कार्यक्रमका साथ मनाउने निर्णय गरेको क्लबकि कोषाध्यक्ष मनकुमारी बि क ले जानकारी दिनु भयो।

तस्बिरहरु:क्लबले संचालन गरेको कोरोना सचेतता अभियान

क्लबले आयोजना गरेको किशोर -किशोरी प्रजनन स्वास्थ अभियानको तस्बिर


सोही स्थापन दिबसको अबसर पारेर क्लबले रक्तदान कार्यक्रम गर्ने बिक ले जानकारी दिनु भयो।
क्लबले तिहार को अबसरमा संचालन गरेको देउसी – भैलो कार्यक्रम बाट संकलन गरेको रकम ले तुल्सिपुर वार्ड न ७ घुसरी टोलबिकास संस्था स्थित सार्बजनिक जग्गामा क्लबको भवन निर्माण गर्ने क्लबका सचीव डिल्लीराज भुसालले जानकारी दिनु भयो । साथै क्लबले सोही दिन जनचेतनामूलक लागूऔसध का नकारात्मक प्रभाव सम्बन्धि कार्यक्रम गर्ने बताउनु भयो ।
क्लबले भबन निर्माणकार्य र उक्त प्रथम स्थापन दिबस मा सहयोग गर्न सम्पुर्ण बुद्धिजीवी ,दाता ,राजनैतिक दल र आमनागरिक मा अनुरोध गरेको छ।

प्रकाशित मिति : २०७८ माघ २ गते आइतवार