
पुस २७
आज देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण मङ्गलबार प्रदेश १‚ कर्णाली र सुदूरपश्चिम प्रदेशका एक।दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ ।
यस्तै‚ प्रदेश १‚ बागमती‚ कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू—भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । मङ्गलबार बिहान प्रदेश १ र प्रदेश २ लगायत पहाडी भू—भागहरुमा सामान्य बदली रहेको छ र बाँकी स्थानमा आंशिक बदली रहेको छ।
प्रकाशित मिति : २०७८ पुष २७ गते मङ्गलवार