२०८० फाल्गुन २१ गते सोमवार

इँटाले थिचेर महिला मजदुरको मृत्यु




पुस २६
उद्योगमा इँटा चाङ लगाइरहेकी एक महिला मजदुरको शरिरमाथि इँटा खसेर सोमबार मृत्यु भएको छ । सप्तरीको रुपनी गाउँपालिका–६ तेरहौतास्थित बिशाल ईट्टा उद्योगमा कार्यरत सोही वडाका दुखन सरदारकी श्रीमती ५० वर्षीया जतरीदेवी सरदारको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
तयारीका लागि चाङ लगाउने क्रममा लडेको ईट्टाको पर्खालले थिचिएर सरदार घाइते भएकी थिइन् । घाइते सरदारको उपचारका क्रममा राजविराजस्थित छिन्नमस्ता अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले बताए ।

दुर्घटनामा सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–४ का ५० वर्षीय मंगल सदा र भारत रायबरेली मधुवनका ४० वर्षीय रमेशकुमार लौदी घाइते भएका छन् । घाइते दुवै जनाको छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ पुष २६ गते सोमवार