२०८१ माघ २४ गते शुक्रवार

सोमबारबाट राष्ट्रिय सभा निर्वाचन आचारसंहिता लागू




पुस २६
निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि सोमबारबाट आचारसंहिता लागू गरेको छ। आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि आयोगले आचारसंहिता जारी गरेको हो।
सदस्यको निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्नका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी मुलुकभर निर्वाचन आचार संहिता लागू भएको निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले जानकारी दिए।

उनका अनुसार नेपाल सरकार र मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारको मन्त्री, सरकारी कर्मचारी, स्थानीय तहका पदाधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा राष्ट्रिय अनुसन्धान विभाग र प्रदेश प्रहरीका कार्यालय तथा सुरक्षाकर्मीलाई आचारसंहिता लागु हुन्छ।
यसैगरी निर्वाचनको काममा संलग्न कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठन, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, सार्वजनिक पद धारण गरेको व्यक्ति, निर्वाचन पर्यवेक्षक, आयोगले तोकेका अन्य निकाय वा व्यक्तिलाई समेत आचारसंहिता लागु हुन्छ।

प्रकाशित मिति : २०७८ पुष २६ गते सोमवार