
पुस २४
लुम्बिनी विकास कोषको गुरुयोजनाअन्तर्गत सडक एवम् प्रवेशद्वारको शिलान्यास भएको छ । ४८ वर्षपहिला जापानिज इन्जिनियर केन्जो टाँगेले बनाएको बृहत्तर गुरुयोजनालाई पूर्णता दिन सरकारले कडाइ गरेपछि निर्माणको कामलाई पूर्णता दिन थालिएको छ ।
गुरुयोजनाको ८५ प्रतिशत काम सम्पन्न भएको र बाँकी कामलाई ३ वर्षभित्रमा सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको छ ।
गेट निर्माणको शिलान्यास गर्दै संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमकुमार आलेले अब लुम्बिनी परिसरमा बन्ने गेट र सडक तथा पोखरीले लुम्बिनीमा अझ सुन्दर्यता थपिने बताए । गुरुयोजना समयमै सम्पन्न गर्न सरकारको तर्फबाट बजेट अभाव हुन नदिने मन्त्री आलेले बताए ।
प्रकाशित मिति : २०७८ पुष २४ गते शनिवार