२०८१ माघ २४ गते शुक्रवार

एमाले जिल्ला कमिटी सदस्य भिमबहादुर बुढाले दिए राजिनामा




पुस २३
नेपाल कयुनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी सदस्य भिमबहादुर बुढाले पार्टीमा नबस्ने घोषणा गर्नु भएको छ । १३औ जिल्ला अधिबेशनको दिन बुढाले पदमा नरहने घोषणा गर्नु भएको हो ।
जिल्ला सदस्य बुढाले आज एक विज्ञप्ती जारी गर्दै नेकपा एमाले दक्षिणपन्थी र अबसरवादी पार्टी भएको बताउँदै आफू एमालेमा नबस्ने घोषणा गर्नु भएको थियो । यो पार्टीमा पुराना नेता तथा कार्यकर्ताको भन्दा पनि अलमझलम गर्ने नेताहरुको चाकडी गर्नेहरुको मात्र संरक्षण हुने भएकाले आफू एमालेमा नरहने घोषणा गर्नु भएको हो । बुढाद्धारा हस्ताक्षर गरिएको विज्ञप्तीमा नेकपा एमाले खराव प्रबृतिका बिरुद्ध लड्नु भन्दा त्यसलाई प्रसय दिनेका काम गर्दै आएको उल्लेख छ ।
यस्तो छ बिज्ञप्ति

प्रकाशित मिति : २०७८ पुष २३ गते शुक्रवार