२०८३ असार १३ गते आइतवार

विद्यार्थीलाई घरमा बोलाएर खोप लगाइदिने शिक्षिका पक्राउ




पुस २२
औपचारिक चिकित्सकीय योग्यताबिनै विद्यार्थीलाई कोभिड-१९ विरुद्धको खोप लगाइदिएको आरोपमा न्यूयोर्कस्थित एक विद्यालयकी शिक्षिकालाई पक्राउ गरिएको अधिकारीहरूले बताएका छन्।

प्रहरीका अनुसार लौरा रुसोले एक विद्यार्थीलाई घरमै खोप दिएकी थिइन्। उनीसँग खोप लगाइदिने कानुनी अधिकार छैन र उनले विद्यार्थीका आमाबुवासँग अनुमति पनि मागेकी थिइनन्।

जीवविज्ञान पढाउने ५४ वर्षीय रुसोलाई नववर्षको पूर्वसन्ध्या पक्राउ गरिएको थियो। दोषी प्रमाणित भएको अवस्थामा उनलाई चार वर्षको जेल सजाय हुन सक्छ।

सत्र वर्षीय विद्यार्थीले नै खोप लगाउन चाहेको समेत जनाइएको छ।

प्रकाशित मिति : २०७८ पुष २२ गते बिहिवार