२०८० मङ्सिर २४ गते आइतवार

राष्ट्रियसभा निर्बाचन: लुम्बिनीमा सत्ता गठबन्धन बलियो




पुस २२
राष्ट्रिय सभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा पनि सत्ता गठबन्धन बलियो देखिएको छ । १२ माघमा हुने निर्वाचनमा सत्तारुढ गठबन्धनसँग एमाले एक्लै चुनावी प्रतिष्पर्धामा छ । सत्तारुढ गठबन्धनबाट बाँकेका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीबाट पाल्पाकी राज्यलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाको तर्फबाट रुपन्देहीका तुलबहादुर विश्वकर्मा प्रतिष्पर्धामा छन् ।
एमालेबाट दाङका रामदायल गुप्ता, बाँकेकी भारती खनाल उपाध्याय र गुल्मीका कृष्ण सुनार चुनावी प्रतिष्पर्धामा छन् । सत्ता गठबन्धनको मतभार जोड्दा विपक्षी एमालेको भन्दा बढी देखिएको छ ।

लुम्बिनी प्रदेशसभामा एमालेका ३८ सांसद र ८७ पालिकाका प्रतिनिधिको गरी ३ हजार ३९० मतभार छ । विपक्षी गठबन्धनमा कांग्रेसका १९ सांसद र ६६ पालिकाका प्रतिनिधि गरी २ हजार १०० मतभार र माओवादी केन्द्रका १९ सांसद र ४२ पालिकाका प्रतिनिधि गरी १६ सय ६८ मतभार रहेको छ । कांग्रेस र माओवादी केन्द्रको मतभार जोड्दा ३ हजार ७६८ छ ।

गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाका १ सांसद र पाँच पालिकाका प्रतिनिधि गरी १३८ मतभार छ । त्यस्तै जसपाका ६ सांसद र १४ पालिकाका प्रतिनिधि गरी ४४४ मतभार छ । त्यस्तै राप्रपाका २ र स्वतन्त्रबाट निर्वाचित १ जनाको गरी १४४ मतभार छ ।

राष्ट्रियसभामा लुम्बिनी प्रदेशबाट रिक्त रहेका महिला, दलित र अन्य समुदायका गरी तीन जनाका लागि निर्वाचन हुँदैछ ।

प्रकाशित मिति : २०७८ पुष २२ गते बिहिवार