२०७९ मङ्सिर १९ गते सोमवार

स्वर्गीय हजुरबुबा र बुवा को सम्झनामा जग्गा दान




पुस २१
तुल्सिपुर उप-महानगरपालिका वडा. ७ को अमेल्चीनगर टोलबिकास संस्था स्थिति शिव मन्दिर स्थापनाका लागि रुद्र सिङ खड्का र बिमला खड्काले,जग्गा दान गर्नु भएको छ ।
धनका धनी त धेरै हुन्छन , तर मनका धनी भने कमै हुने यो समयमा रुद्र सिङ खड्का र बिमला खड्काले समाज र टोलको बिकासका लागि आफ्नो दुख मिहिनेत र परिश्रमले कमाएको धन लाई खुसी मनले समाजको उत्थान र टोलको भलो , प्रगतिका निम्ति जग्गा सहयोग गर्नु भएको छ ।
उक्त टोल बिकास संस्थामा शिव मन्दिर बनाउदा टोलका सबैलाई पुजाआरधना गर्नका लागि सबैलाई सहज हुने भएकाले मन्दिर निर्माण का लागि जग्गा दान गर्नु भएको हो ।

स्व. बाजे झुपु खड्का र स्व. बुवा ग्रेहेलाल खड्का को सम्झनामा तुल्सिपुर उपहानगरपालिका वडा. ९ बेलुवामा निबासी रुद्र सिङ खड्का र बुहारी बिमला खड्काले तुल्सिपुर उपमहानगरपालिका वडा . ७ मा पर्ने जग्गा अमेल्चीनगर टोलबिकाश संस्था लाई सहयोग गर्नु भएको छ ।

अन्दाजी करिब १५०००००/- पन्द्र लाख बराबरको जग्गा शिब मन्दिर स्थापनाको लागि सहयोग गर्नु भएको छ । उहाले आगामी दिनमा सहयोग गर्दै जाने प्रतिबद्धता जनाउनु भएको छ ।

प्रकाशित मिति : २०७८ पुष २१ गते बुधवार