२०८१ बैशाख ७ गते शुक्रवार

सत्तारुढ दलका शीर्ष नेताको बैठक बस्दै




पुस १९
राष्ट्रियसभा निर्वाचनको मिति नजिकिँदै जाँदा सत्तारुढ गठबन्धनका नेता भागबन्डा मिलाउन जुटेका छन् ।

राष्ट्रियसभा सदस्यको भागबन्डा मिलाउने कसरतमा लागेका सत्ता गठबन्धनका शीर्ष नेताको बैठक आज (सोमबार) बिहान बस्दै छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको नेपाली काङ्ग्रेसले जनाएको छ ।

सरकारको नेतृत्व गरिरहेको काङ्ग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादीबीच राष्ट्रियसभामा गठबन्धन बनाएर जाने तयार भइरहेको छ ।

प्रकाशित मिति : २०७८ पुष १९ गते सोमवार