
पुस १८
तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्वको निर्वाचनको मतगणना जारी रहेको छ । निर्वाचन समितिले दिएको जानकारी अनुसार चार हजार चार सय पाँच मत मध्ये आईतवार विहान सात बजे सम्म दुई हजार चार सय मतगणना भएको हो ।अहिले सम्मको मतपरिणाम अनुसार कोषाध्यक्ष बाहेक अन्य सवै पदमा क्रियाशिल संयुक्त राजनितिक दलका उम्मेदवारहरुको अग्रता रहेको छ ।
संस्थाको अध्यक्ष पदका उम्मेदवार यमकान्त भण्डारी १०९९, पवनराज बुढाथोकी ९४० र दिपक कुमार धितालले १५३ मत प्राप्त गर्नुभएको छ । यस्तैगरी उपाध्यक्षमा सीताराम शर्मा आचार्य १२५९, गिरीधारी प्रसाद पौडेल ७९०, पूर्णप्रसाद धिताल २८ , सचिबमा सेवकराम भण्डारी १५४९ , दामोदर ३५८, कोषाध्यक्षमा भद्रबहादुर वली ८७९, भोलाप्रसाद थापा ९०२, मेघराज न्यौपाने १६६, कर्ण बहादुर वली ४२, सदस्यहरुमा लक्ष्मण केसी १४२३, पदमबहादुर खड्का ११७१ र सोविन्द्र चन्दले ६७० मत प्राप्त गर्नुभएको छ । मत गणना को अन्तिम परिणाम दिउसो सम्म आइसक्ने निर्बाचन समितीले जनाएको छ।