२०८० फाल्गुन ९ गते बुधवार

नेकपा एमालेले तुलसीपुर वार्ड न७ अन्तर्रगत घुसरी टोल मा कमिटी गठन




पुस १७
नेकपा एमालेले तुल्सिपुर उपमहानगरपालिका वार्ड न ७ को घुसरीमा टोल कमिटी गठन गरिएको छ।

नेकपा एमाले वार्ड न ७ का वार्ड अध्यक्ष खगेस्वर पराजुली को अध्यक्षता एबम नेकपा एमाले का केन्द्रिय सदस्य एबम तुल्सिपुर उपमहानगरपालिका का मेयर घनश्याम पाण्डे को प्रमुख आतिथ्यता मा आज एक कार्यक्रम गरि वार्ड कमिटी गठन गरिएको हो।

उक्त कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य एबम मेयर घनश्याम पाण्डेले देश बिकास को मार्गनिर्देशन नेकपा एमाले ले नै गर्ने भएकोले ।अब को बाटो नेकपा एमाले मात्र भएको ले आगामी निर्बाचनमा नेकपा एमाले निर्बिकल्प भएको बताउनु भयो।
उक्त कार्यक्रममा ने कपा एमालेका जिल्ला सदस्य पितम्बर आचार्य ,राप्ती शान्ति उद्यान का अध्यक्ष डिल्लीराज भण्डारी, नगर सदस्य बासुदेब रिजाल,बालाराम रेग्मी ,युबा संघ ७ न का वार्ड अध्यक्ष बिरु रिजाल ,सिताराम चौधरी ,इन्दिरा शर्मा आदि ले मन्तव्य राख्नु भएको थियो ।


भेला ले हरि पोख्रेल को अध्यक्षतामा अठाहिस सदस्यीय टोल कमिटी गठन गरिएको छ। उपाध्यक्ष टोपबहादुर बिक,सचिब मनिराम शर्मा,सहसचिव निलम पौडेल र मोहन खड्का लगायतका रहनु भएको छ।
साथै उक्त भेला ले सन्दिप बिक को अध्यक्षता मा सत्र सदस्यीय युबसंघ गाउँ कमिटी गठन गरियो।
इन्दिरा शर्माको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सन्चालन नेकपा एमाले वार्ड न ७ का वार्ड सचीव युबराज पौडेलले गर्नु भएको थियोे ।

प्रकाशित मिति : २०७८ पुष १७ गते शनिवार