२०८१ बैशाख १ गते शनिवार

दाङमा गाडीको ठक्करबाट एक जनाको मृत्यु




पुस १६
दाङमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । गाडीको ठक्करबाट दंगिशरण गाउँपालिका वडा नम्बर ६ का अन्दाजी ३२ बर्षिय सुमन केसीको मृत्यु भएको हो ।

आज बिहान अन्दाजी चार बजेतिर गाडीले ठक्कर दिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो ।
सडकमा घाइते अवस्थामा भेटिएका केसीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याउँदै गर्दा बाटोमा मृत्यु मृत्यु भएको डिएसपी अर्यालले जानकारी दिनुभयो ।
शबलाई राप्ती प्रादेशिक अस्पतालको शबगृहमा राखिएको छ ।
घटनापछि मृतकका आफन्तले दोषिको पहिचान र कार्बाहीको माग गर्दै तुलसीपुर हापुरे सडकखण्ड अवरुद्ध पारेका छन् । ठक्कर दिने गाडीको खोजि भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ पुष १६ गते शुक्रवार