२०८१ बैशाख ४ गते मङ्गलवार

दाङमा राष्ट्रियसभा चुनावका लागि निर्वाचन कार्यालय स्थापन




पुस १५
माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय जिल्लामा स्थापना गरिएको छ।
बिहीबार प्रदेश निर्वाचन कार्यालय घोराही दाङमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो। कार्यालयको उद्घाटन जिल्ला न्यायाधीश तथा निर्वाचन अधिकृत रीतेन्द्र थापा र प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले गरेका थिए। 
लुम्बिनी प्रदेशमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २ सय ९६ जना मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।

प्रकाशित मिति : २०७८ पुष १५ गते बिहिवार