
पुस १५
तुलसीपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको पौष १७ गते सनिवार हुन हुनगइरहेको निर्वाचनमा कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका कर्ण बहादुर वलीले आज एक प्रेस बिज्ञपति निकाली नौ दलको संयुक्त प्यानललाई समर्थन रहेको बताएका छन।
आज एक प्रेस बिज्ञप्ति जारी गर्दै उनले आफ्नो समर्थन नौ दलिय संयुक्त प्यानलका उम्मेदवार भद्र बहादुर वलीलाइ रहेको र निर्वाचनमा आफ्नो उम्मेदवारी नरहेको जानकारी दिएका हुन। साथै संयुक्त प्यानलका उम्मेदवारहरुलाइ मतदान गरि अत्याधिक बहुमतले बिजयी बनाउन अपिल समेत गरेका छ्न।
बिज्ञपति

प्रकाशित मिति : २०७८ पुष १५ गते बिहिवार