२०८० जेष्ठ २७ गते शनिवार

निसास्यिर चार जनाको मृत्यु, तीन जना घाइते




पुस १५
नेपालगञ्जस्थित भेरी अस्पतालको क्वार्टरमा बुधबार राति एकै परिवारका चार जनाको मृत्यु भएको छ । जाडो छल्न बालिएको कोइलाको धुवाँले निसास्एिर उनीहरूको मृत्यु भएको हो ।

कालीकोटको खाँडाचक्र नगरपालिका–६ का २४ वर्षीय धनप्रसाद भट्टराईसहित तीन महिनाका छोरा इप्सन, ४५ वर्षीया आमा कोकिला र ४० वर्षीया दिदी नन्दकलीको मृत्यु भएको छ । धनप्रसादकी श्रीमती सुशीला, भाइ नन्दलाल र छोरा दिवस भने घाइते छन् । उनीहरूको भेरी अस्पतालमा उपचार भइरहेको छ । नन्दलालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।
धनप्रसादको परिवार भेरी अस्पतालको क्वार्टरमा बस्दै आएका थिए । धनप्रसाद तीन वर्षदेखि भेरी अस्पतालमा रहेको स्टोर शाखामा कार्यरत थिए । औषधि बिक्रेताको रूपमा काम गर्दै आइरहेका उनी छोराछोरी, आमासहित सातजनाको परिवार अस्पताल क्वार्टरको एक कोठामा बस्थे ।

प्रकाशित मिति : २०७८ पुष १५ गते बिहिवार