
पुस १४
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण देशभर बदली रहेको छ ।
आज (बुधबार) पहाडी भेगमा बाक्लो कुहिरो लागेको छ । तराई हुस्सुले ढाकेको छ । देशका अधिकांश स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
उच्च पहाडी तथा हिमाली भू–भागमा रातिदेखि नै हल्का हिमपात भइरहेको महाशाखाको भनाइ छ।
देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
उच्च हिमाली तथा पहाडी भेगमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
उच्च पहाडी क्षेत्रमा हिमपात र तराईमा हुस्सु लागेका कारण जनजीवन प्रभावित हुँदै छ । महाशाखाका अनुसार देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावनासमेत छ ।
प्रकाशित मिति : २०७८ पुष १४ गते बुधवार