
पुस ११
आइतबार आजबाट राजधानीमा सुरु भएको माओवादी केन्द्रको आठौँ महाधिवेशनमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संविधानको पालना नगर्दा देशमा भद्रगोल हुने बताएका छन् ।नेकपा माओवादी केन्द्रको आठौँ

महाधिवेशनको उद्घाटन समारोहलाई महाधिवेशन सफलताको शुभकामना दिदै पुर्व प्रधानमन्त्री समत रहेका नेता नेपालले नेपालको इतिहास अघि बढिसकेकाले अव पछाडि फर्कन नसक्ने पनि बताए । ‘एउटा कुरा के प्रस्ट छ भने नेपालको इतिहास अघि बढिसकेको, छ अव यो पछाडि फर्कन सकिँदैन । राजनीतिक क्रान्तिको काम हामीले सम्पन्न गरिसकेका छौ । राजतन्त्र ढालेका छौ, संघीयता प्राप्त गरेर संविधान निर्माण गरेका छौ’अध्यक्ष नेपालको भनाइ छ ।

त्यस्तै नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले नेपालको वामपन्थी आन्दोलन सही बाटोमा नरहेको बताएका छन् । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य व्यक्त गर्दै उनले २००७ सालदेखि जनअधिकारका कुरा गर्दै आए पनि आफ्नो कर्तव्य तथा राष्ट्रका समृद्धिका सवालमा दलहरुले दायित्व पूरा गर्न सके कि सकेनन् भन्ने मनन् गर्न जरुरी रहेको बताए ।
त्यस्तैजसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले माओवादी जनयुद्ध र मधेस जनविद्रोह नभएको भए मुलुकमा गणतन्त्र आउने थिएन भन्ने टिप्पणी गरेका छन् । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा शुभकामना मन्तव्य व्यक्त गर्दै उनले गणतन्त्र आए पनि जनयुद्ध र जनविद्रोहका कतिपय एजेण्डा अझै पूरा हुन बाँकी रहेको बताए ।

त्यस्तै नेकपा मालेका महासचिव सिपी मैनालीले माओवादी केन्द्रलाई प्रश्न गरेका छन् । मालेका महासचिव मैनालीले राष्ट्रिय जनक्रान्ति गर्ने नेपाली मौलिक बाटो कुन हो भनेर माओवादी लाई प्रश्न गरेका हुन् ।
माओवादीको आठौँ महाधिवेशनको उद्घाटनसत्रमा शुभकामना दिँदै मैनालीले भने, ‘पटक–पटक व्यवस्था बदलियौँ तर अवस्था बदलिन सकेन भनेर जनताले भन्ने गरेका छन् । इतिहासले हाम्रा आन्दोलनलाई जनताको अधिकार प्राप्तिको नाममा मात्र सीमित गरिदिने त होइन ? जनताको अधिकार जति बढाएजस्तो लागे पनि हामीलाई किन बाह्य हस्तक्षेप झन् झन् बढेजस्तो लागिरहेको छ ।’
त्यस्तै राष्ट्रिय जनमोर्चा पार्टीकी उपाध्यक्ष दुर्गा पौडेलले एमसिसी खारेज गर्नुपर्ने बताएकी छन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को आठौँ महाधिवेशनको उद्घाटन समारोहमा आफ्नो शुभकामना मन्तव्य राख्दै उनले यस्तो बताएकी हुन् ।
पाैडेलले पाँच दलीय गठबन्धन र एमसिसीबारे महत्त्वपूर्ण निर्णय महाधिवेशनबाट लिने अपेक्षा गरेको बताइन् । ‘राष्ट्रघाती एमसीसी खारेज गर्न पनि यो महाधिवेशनले महत्त्वपूर्ण निर्णय लियोस्,’ उनले भनिन्, ‘
त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (माओवादी क्रान्तिकारी) का नेता सिपी गजुरेलले माओवादी केन्द्रको महाधिवेशनले पार्टी एकताको ढोका खुला गर्नुपर्ने बताएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशन उद्घाटन समारोहमा शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै पूर्वमाओवादी एक हुनुपर्ने उल्लेख गर्दै आएको स्मरण गर्दै गजुरेलले एकता सम्भव भएको तर त्यसका लागि महाधिवेशनले महत्वपूर्ण केही निर्णय गर्नुपर्नेमा जोड दिए ।