तुलसीपुर, १० पुस ।
“व्यवसायलाई समय सापेक्ष प्रविधिसंग जाेडेर लैजानुपर्नेमा एक कार्यक्रमका बक्ताहरुले जाेड दिएका छन् । तुलसीपुर माेवाइल तथा इलेक्ट्रोनिक व्यवसायी समितिकाे शनिबार तुलसीपुमम सम्पन्न प्रथम साधारणसभामा बाेल्ने बक्ताहरुले साे बताएका हुन् । प्रविधिकाे उचित प्रयाेग संगै व्यवसाय बृद्धि, व्यवसायीक सुरक्षा तथा जनशक्तिकाे कम प्रयाेग हुन सक्नेमा बक्ताहरुकाे जाेड थियाे ।
समितिका अध्यक्ष सुरज भण्डारीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा तुलसीपुर उद्याेग वाणिज्य संघका अध्यक्ष राम प्रसाद चालिसेले माेवाइल तथा इलेक्ट्रोनिक व्यवसायी प्रविधी संग सम्बन्धित भएकाले आफूहरुपनि प्रविधिकाे प्रयाेग गरि अरुलाई पनि प्रविधिकाे प्रयाेगमा प्रेरित गर्न आग्रह गर्नुभयाे । कार्यक्रमका प्रमुख अतिथि चालिसेले उद्याेग वाणिज्य संघ व्यवसायीकाे हीतमा काम गर्ने संस्था भएकाे भन्दै व्यवसायीकाे बिराेधका बीच मेला महाेत्सव सञ्चालन नगर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयाे । आगामी बर्षकालागि मेला महाेत्सव सञ्चालन कार्यविधि तयार पारी लागू गर्ने बिषयमा स्थानीय सरकारसंग छलफल भएरहेकाे चालिसेले बताउनु भयाे । उपमहानगरपालिकाले ताेकेकाे सरसफाइ शुल्क मासिक ५ सय र पसलहरुकाे बाेर्डकाे कर प्रति बर्गफिट ४ सय रुपैयाँ बढि भएकाले त्यसलाई संशाेधन गर्न माग गरिएकाे उहाँले जानकारी दिनुभयाे । बढि भएकाले त्यसलाई संशाेधन गर्न माग गरिएकाे ।
समितिका सदस्य नवीन वलीकाे सञ्चालनबाट सुरु भएकाे कार्यक्रममा विशिष्ट अतिथि उद्याेग वाणिज्य संघका उपाध्यक्ष ललितजंग शाह, महासचिव विनिल केसी, सदस्य दीपेश भण्डारी, तुलसीपुर नगर जेसिजका निवर्तमान अध्यक्ष मेघराज घिमिरे, समितिका निबर्तमान अध्यक्ष दुर्गा भुसाल, सल्लाहकार विमल पाैडेल लगायतले मन्तब्य राख्नुभएकाे थियाे । कार्यक्रममा उपाध्यक्ष चेतन कडेलले स्वागत मन्तब्य राख्नु भएकाे थियाे ।
यसैबीच साधारणसभाले रिक्त महासचिव पदमा शुसान्त सापकाेटा र किशाेर वलीलाई सल्लाहकारमा चयन गरेकाे छ ।सभामा बाेल्ने व्यवसायीहरुले पुर्ण व्यवसायीक शुरक्षाकाे ज्ञारेन्टीकाे माग गरेका छन् । तुलसीपुर बजा साैंसाझै बन्दहुने,
घरभाडा, फाेहाेर व्यवस्थापन, सुरक्षा, रात्रीकालिन चाैकिदार लगायत समस्या समाधानमम ध्यान दिन व्यवसायीहरुले आग्रह गरेका थिए ।।
प्रकाशित मिति : २०७८ पुष १० गते शनिवार