२०८१ माघ २५ गते शनिवार

चोरीपैठारीको लत्ताकपडा सशस्त्र प्रहरीद्वारा बरामद



मङ्सिर २८
बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका-१७ स्थित सीमा ईलाकाबाट सोमबार सशस्त्र प्रहरीले करीब ​८ लाख १ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

पिकअप गाडीमा राखेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गणबाट खटिएको टोलीले बरामद गरेको हो । त्यसबेला उ क्त गाडी समेत बरामद गरिएको छ । बरामद गाडीको भन्सार दाखिला मुल्य ५ लाख रुपैयाँ रहेको छ ।

बरामद लत्ताकपडा तथा गाडी स्थानीय भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर २८ गते मङ्गलवार