२०७९ चैत्र १६ गते बिहिवार

त्रिवेणी गाउँपालिका रोल्पाको चौंथो वडाको रुपमा १ नंम्वरलाई बालश्रम मुक्त वडा घोषणा गरियो



अमृत वलि
रोल्पा

रोल्पा जिल्ला अन्तर्गत त्रिवेणी गाउँपालिकाको वडा नं. १ लाई सोमबार एक विशेष समारोहको बिचमा चौंथो बालश्रम मुक्त वडाको रुपमा घोषणा गरिएको छ ।
बालबालिकाहरु, बालक्लबहरु, स्थानीय व्यापारी, उद्योगी, आमा समूह, महिला समूह, वडा बाल अधिकार समिति, शिक्षक,विद्यार्थी , कर्मचारी, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, स्थानीय गाउँलेवासी , सुरक्षाकर्मी , गाउँपालिका कर्मचारी , वडाका कर्मचारी तथा जनप्रतिनिधिहरुको सहभागीमा सारङ्गि नाच, झाकि जुलुस , बाजासहितको र्‍याली ”बालश्रम अन्त्य गरौँ, त्रिवेणी गाउँपालिकालाई बालश्रम मुक्त स्थानीय तह घोषणा अभियान भव्यताका साथ सफल पारौँ” भन्ने नारा सहित अन्य विविध नारा लगाउदै वडा कार्यालय देखि करेटि स्कुलको प्राङ्गणमा गएर ओौंपचारिक कार्यक्रमको रुपमा परिणत भएको हो ।कार्यक्रममा बालश्रम सम्बन्धि नाटक , गित पनि प्रस्तुत गरिएको थियो । त्रिवेणी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष श्री देउराम घर्ती को अध्यक्षतामा सञ्चालन गरिएको घोषणा समारोहमा प्रमुख अथिति त्रिवेणी गाउँपालिका अध्यक्ष श्री शान्त कुमार वली, विशिष्ट अथिति त्रिवेणी उपाध्यक्ष श्री सावित्रा कुमारी बुढा घर्ती, बिशेष अथिति त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री निम बहादुर के.सी. लगाएतको आथित्यता रहेको थियो । उक्त कार्यक्रममा बोल्ने वक्ताहरुले बालश्रम अन्त्यको लागि सबैले आ-आफ्नो तर्फबाट पहल गर्नुपर्ने धारणा व्यक्त गरेका थिए । उक्त घोषणा समारोहमा विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष श्री सावित्रा कुमारी बुढा घर्तीले गाउँपालिका, सेभ द चिल्ड्रेन र मानव अधिकार सचेतन केन्द्र (हुरेक) लगायत सबै सरोकारवालाहरुको प्रयत्नबाट यो सामाजिक अभियान सफल भएको धारणा व्यक्त गर्दै आगामी दिनमा समेत यस्तै प्रकारका सामाजिक अभियानमा हातेमालो गर्दै गाउँपालिकासँग अगाडी बढ्न आह्वान गर्नु भएको थियो ।साथै प्रमुख अतिथि एवं गाउँपालिका अध्यक्ष श्री शान्त कुमार वलीले गाउँपालिकाबाट बालबालिकाको क्षेत्रमा गरिएको ठूलो लगानी र प्रयत्न तथा स्थानीय सरोकारवाला र जनताको सहयोगबाट आजको बालश्रम मुक्त वडा घोषणाको सफलता प्राप्त भएको धारणा राख्नु भएको थियो ।
विभिन्न विद्यालयका विद्यार्थीहरुले सचेतनामूलक नृत्य, नाटक प्रदर्शन गरेका थिए । भने उक्त अवसरमा करेटि विद्यालयको दुई कोठे भवनको पनि उत्घाटन गरिको थियो ।

प्रकाशित मिति : २०७८ मङ्सिर २१ गते मङ्गलवार