
अमृत वली
२०७८/०८/१९
त्रिवेणी गाउँपालिका रोल्पालाई बालश्रम मुक्त स्थानीय तह घोषणा गर्ने लक्ष्यका साथ मङ्सिर १८ गते शनिबार त्रिवेणी गाउँपालिकाको तेस्रो बालश्रम मुक्त वडाका रूपमा ४ नंं. वडा लाई बालश्रम मुक्त वडा घोषणा गरिएको छ । “समृद्ध समाज निर्माणका लागि शिक्षाको पहुँचमा बालबालिका, हाम्रो साझा अभियान बालश्रम मुक्त त्रिवेणी गाउँपालिका” को नारा आत्मसाथ गर्दै निस्किएको र्यालीमा त्रिवेणी गाउँपालिका का अध्यक्ष शान्त कुमार वली , उपाध्यक्ष सावित्रा वुढा घर्ती , प्रमुख प्रशासकीय अधिकृत निम बहादुर केसी , वडा नं ४ का अध्यक्ष, वडा सदस्य, गाउपालिका तथा वडाका कर्मचारी, राजनीतिक दल, विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी, बाल अधिकारकर्मी, स्थानीयवासी, महिला समूह तथा सरोकार वालाको उपस्थिति रहेको थियो । कार्यक्रम को आयोजना ४ नं वडा कार्यालय ले गरेको थियो भने व्यवस्थापन श्री जनकल्याण माध्यामिक विद्यालय सिम्पानी रोल्पाले गरेको थियो ।। कार्यक्रम बोल्दै गाउँपालिका अध्यक्ष वलिले सेभद चिल्ड्रेन , हुरेक रोल्पा लगाएतका संघसंस्थाको सहयोगले बालश्रम मुक्त वडा घोषणा गर्न सफल भएको र यि सस्थाले गाउँपालिकामा धेरै लगानि गरिसकेको भन्दै उक्त सस्थालाई धन्यवाद ज्ञापन गर्नु भएको छ ।। त्यस्तै २० गते सोमबार त्रिवेणी गाउँपालिका १ नम्बर वडालाई बालश्रम मुक्त वडा घोषणा गर्ने कार्यक्रम रहेको गाउँपालिका रोल्पाले बताएको छ ।