२०८१ माघ ५ गते आइतवार

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेद्वारी दिने घाेषणा



मंसिर, काठमाडौं ।

चितवनमा हुने १०औं महाधिवेशनमा अध्यक्ष पदको उम्मेद्वार रहेको जानकारी दिन रावलले पत्रकार सम्मेलन गर्दैछन् ।

‘सहमति नजुटेपछि अध्यक्ष पदको तयारी भएको छ । पत्रकार सम्मेलनबाट त्यसको जानकारी दिनुहुन्छ’, रावल निकट नेता झपट रावलले भने । उपाध्यक्ष रावल १० बुँदे सहमति मार्फत् एमालेमै बसेका हुन् ।

तर १० बुँदे सहमति कार्यान्वयनमा अध्यक्ष केपी शर्मा ओली नै तयार नभएको भन्दै रावलले असन्तुष्टि जनाउँदै आएका छन् । सूदुरपश्चिम प्रदेशमा रावलले समानान्तर गतिविधि समेत चलाइरहेका छन् ।

‘एकताबद्ध पार्टी बनाउन पनि उहाँको उम्मेद्वारी आवश्यक परेको हो’, रावल निकट अर्का केन्द्रीय सदस्य प्रकाश साहले भने । एमालेको नवौं महाधिवेशनमा उपाध्यक्ष निर्वाचित रावल माधवकुमार नेपाल निकट थिए । तर २ भदौमा नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी बन्दा रावल एमालेमै बसे ।

प्रकाशित मिति : २०७८ मङ्सिर ५ गते आइतवार