२०८१ बैशाख ६ गते बिहिवार

एकीकृत समाजवादी पार्टी तुलसीपुर ७ को अध्यक्षमा भण्डारी उपाध्यक्षमा भट्टराई



तुलसीपुर
१ मंसिर / नेकपा एकीकृत समाजबादी पार्टी तुलसीपुर ७ को वडा भेला सम्पन्न गरेको छ ।

भेलाले मिलन भण्डारीको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटि गठन गरेको हो । जसको उपाध्यक्षमा चेतना भट्टराई, विकास नेपाली, सचिवमा रमेश वली, कोषाध्यक्षमा जनक कुमाल, सदस्यहरुमा प्रेम कुमाल, शालिकराम गौतम, सृष्टी नेपाली र हरी केसी रहेका छन् ।

कार्यक्रममा केन्द्रिय सदस्य तथा दाङ जिल्ला इन्चार्ज जोग बहादुर राणा, केन्द्रिय सदस्य तथा जिल्ला सह–इञ्चार्ज अनारकली मिया, युवा संघका जिल्ला उपाध्यक्ष हरिस गिरी, लुम्बिनी प्रदेश कमिटि सदस्य चित्रा मल्ल, पार्टीका उपाध्यक्ष चुर्र्ण वली लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

वडा ईन्चार्ज प्रेम चन्द्र गैरेको अध्यक्षतामा भएको भेलाको सहजीकरण सचिव दिपक कुमालले गरेका थिए ।

प्रकाशित मिति : २०७८ मङ्सिर १ गते बुधवार