२०८१ बैशाख ७ गते शुक्रवार

नेपालगञ्ज विमानस्थलमा सीता एअरको जहाज बँदेलसँग ठोक्किएको



काठमाण्डाै – नेपालगञ्ज विमानस्थलमा सीता एअरको जहाज बँदेलसँग ठोक्किएको छ । बिहान नेपालगञ्जबाट हुम्लाको सिमकोट उड्ने क्रममा सीता एअरको डोर्नियर जहाज बँदेलसँग ठोक्किएको नेपालगञ्ज विमानस्थलका प्रमुख सुवास झाले बताउनुभयो ।

अहिले जहाजलाई धावनमार्गबाट पार्किङमा ल्याइसकिएको छ । जहाजमा तीन जना चालक दलका सदस्यसहित १४ जना यात्रु थिए । जहाजमा सामान्य क्षति बाहेक यात्रु सुरक्षित रहेको सीता एअरले जनाएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक १६ गते मङ्गलवार