२०८१ कार्तिक १९ गते मङ्गलवार

लाफा भेटेका वकिलले रुँदै भने – ‘राजतन्त्र आउनैपर्छ, नत्र देश डुब्छ’



कार्तिक १३
शुक्रबार नेपाल बार एशोसिएनसको प्रांगणमा दुई वकिलबीच कु टाकु’ट भयो। अधिवक्ता विराट न्यौपाने र अधिवक्ता भूमिनन्द चुँडालबीच कु टाकु ट भएको भिडिओ भाइरल नै भयो।

उक्त भाइरल भिडियोमा दुवै अधिवक्ताले एकअर्कालाई लात्ती हानेको देखिन्छ। सो क्रममा अधिवक्ता भूमिनन्द चुँडाल कुटिन्छन्। र, उनले लोकतन्त्र खतम भइसक्यो, राजतन्त्र नल्याइ छाड्दिन भन्दै राेएका छन्। सार्वजनिक भएको भिडिओमा अधिवक्ता चुँडाल कानुन व्यवसायी विराट न्यौपानेबाट कुटिएका छन्।

कु’टाइ खाएपछि चुँडालले न्याय माग्न जाने ध म्की समेत दिएका छन्। नेपाल बार एशोसिएसशनको भवन परिसरमा दुई जना अधिवक्ताबीच नै कु’टाकु ट भएको छ। अधिवक्ता भूमिनन्द चुँडालले इजलास चल्नुपर्ने राय राखेर मिडियामा आफ्नो भनाई राखिरहेको बेलामा अर्का अधिवक्ता विराट न्यौपानेले उनीमाथि प्रहार गरेको बताईएको छ । कु’टाई खाएका अधिवक्ता चुँडालले भने आफू कानूनी उपचारमा जाने बताईसकेका छन् ।

पछिल्लो समय प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर बारले आन्दोलन गर्ने चेतावनी दिएको छ। न्यायाधीशहरुले पनि इजलास बहिष्कार गर्दै आएका छन्। तर, कानून व्यवसायीहरु प्रधानन्यायाधीश जबराको राजीनामाको पक्ष र विपक्षमा उभिएका छन् । केही कानून व्यवसायीहरुले यसरी न्यायालयलाई बन्धक बनाउन नहुने धारणा राखेका छन् ।

प्रकाशित मिति : २०७८ कार्तिक १३ गते शनिवार