२०८१ बैशाख १ गते शनिवार

आज वर्षाको सम्भावना



काठमाडौँ –

कार्तिक १२

आज देशका पहाडी भूभागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको सम्भावना रहेको छ ।
राति पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । शनिबार पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले आँकलन गरेको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक १२ गते शुक्रवार