२०७९ माघ १६ गते सोमवार

सही पिडित पहिचान गरी राहात बितरणकाे पहल थाल्छाै बि,क



कात्तिक ०४.तुलसीपुर उपमाहानगरपालिका वडा न ३ का वार्ड अध्यक्ष विर ब बि क ले लगातार भएको वर्षातबाट भएको धानको क्षतीको विवरण संकलन गर्न निर्देशन दिनुभएको छ । टोल संस्था मार्फत कृषकले काटेर राखेको धानमा भएको क्षतीको विवरण संकलन गर्न निर्देशन दिनु भएको हो । लगातार भएको वर्षातले कृषकले काटेर राखेको खेतको धानमा क्षती पुर्‍याउदा कृषकहरु मारमा परेका छन् ।

अध्यक्ष बि क का अनुसार केन्द्र सरकार र प्रदेश सरकारले दिने राहत प्याकेज अनुसार ब्यबस्थापन गर्न को लागि तथ्यांक संकलन गर्ने बताउनु भयो । उहाँले किसान दाजुभाईहरुमा परेको यो दुख प्रती सहनुभुती प्रकट गर्नु भयो।
काटेर खेतमा राखेको धान निरन्तर को बर्षात को कारण खेतमै उम्रन थालेको छ।

प्रकाशित मिति : २०७८ कार्तिक ४ गते बिहिवार