२०८१ चैत्र १ गते आइतवार

गरिब दिन्न दुखीको घरमै पुगेर राहात बितरण गर्छु :उपेन्द्र पौडेल




असोज २८। दाङ
अरु को पीडा देख्ननसक्ने तुल्सिपुर ७ जितपुर निबासी उपेन्द्र पौडेलले आज तुल्सिपुर वार्ड न ३ का दुई बिपन्न परिवार लाई आज खाद्यान्न सहयोग गर्नु भएको छ।
चरम गरिबीको समस्याको कारण आएको दसै मा आफ्न परिवार का सदस्य लाई भोकै बसेको खबर पाएपछी राप्ती सञ्चार का प्रतिनिधि शंकर भुसाल सगै गएर दुई परिवार लाई खाद्यान्न सहयोग गर्नु भएको छ।


टेक बाहादुर बि,क र दल बहादुर साहु का दुई परिवारलाई आज १/१ बाेरा चामल,तेल,नुन,दाल सहयोग गर्नु भएको छ।
सहयोग प्रदान गरेपछी को कार्यक्रम मा बोल्दै दाता उपेन्द्र पौडेलले आफुले कसैको पनि दुःख हेर्न नसक्ने र चरम गरीबी बाट कोहिपनि भोकै बस्न नपरोस् भनी सहयोग प्रदान गरेको बताउनुभयो। खाद्यान्न प्राप्त गरेका टेकबहादुर बि क र दल बहादुर साहु ले प्राप्त सहयोग ले आफ्नो चाड पर्व मनाउन सहयोग मिल्ने बताउनु भयो र दाता लाई धन्यवाद प्रदान गर्नु भयो।

प्रकाशित मिति : २०७८ असोज २८ गते बिहिवार