२०८१ माघ ५ गते आइतवार

अपडेट : मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या २८ पुग्यो



असोज, सुर्खेत । मुगुमा बस दुर्घटना  मृत्यु हुनेको संख्या २८ पुगेको छ । २४ जनाको घटनास्थलमै र ४ जनाको उद्धार गरी ताल्चा विमानस्थल पुर्‍याउने क्रम्मा मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए ।

सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीतर्फ गएको भे १ ख ३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिका–७, पिना झ्यारीखोलामा दुर्घटनामा परेको थियो । घाइते भएका १४ जनालाई उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

३९ जना यात्रु रहेको बस दिउँसो २ बजेतिर दुर्घटनामा परेको हो ।  उद्दारको काम भइरहेको र शव पनि संकलन भइरहेको प्रहरीले जनाएको छ ।

मृतकको शव जिल्ला अस्पताल मुगुमा राखिएको छ।


प्रकाशित मिति : २०७८ असोज २६ गते मङ्गलवार