
असोज २२।
दाङ र तुल्सिपुरको राजनीति मा एउटा छुट्टै पहिचान वनाउन सफल युवा , बयस्क, वृद्ध एबम सबैमा परिचीत बन्न सफल हुनुभएको छ तुलसीपुर उपमहानगरपालिका वार्ड न ४ का वार्ड अध्यक्ष बालकृष्ण राना (ध्रुब)।
जनता को पीडा लाई आफ्नै पिडा सम्झिएर जनता को काम मा दिनरात खटिइ जनतालाई सेवा प्रवाह गर्न कटिबद्ध एक जनप्रतिनिधि को रुप मा आफ्नो नाम र छबि बनाउन सफल वार्ड अध्यक्षको रुपमा उहाँ लाई लिन सकिन्छ । भौगोलिक रुपमा बिकट रहेको तर प्राकृतिक रुपमा भरिपुर्ण तथा आर्थिक बिकास को प्रचुर सम्भाबना बोकेको वार्ड न ४ लाई बिकास को दृस्टी ले पुर्बाधार निर्माण गर्न सम्पुर्ण स्रोत साधन उपयोग गरेको उहाँ बताउनु हुन्छ। दाङ को खाद्रे मा जन्मनु भएका साथै खेलाडी पृष्ठभुमि र बिगत मा खाद्रे लाई दाङ मा मात्र नभइ रास्टृय रुप मा चिनाउन एक अब्बल ब्यक्ती राना दाङ को एमाले राजनीति लाई यहाँ सम्म लिन को लागि पनि महत्त्वपूर्ण भुमिका खेल्नु भयो।

अत्यन्तै हठी स्वभाव ,गतिशील उर्जाबान ब्यक्ती रहनु भएका राना ले स्थानीय निकाए को निर्बाचन निर्बाचित भएपछी आफ्नो सम्पुर्ण बलबुता यहाँको बिकास को पुर्बाधार निर्माणमा लगाउनु भएको छ। म निर्बाचित भएपछी जनतालाई बिकास मा कति प्रगति भयो त्यो प्रत्याभुती दिलाउन आफू लागेको उहाँ बताउनु हुन्छ। म काम मा बिश्वास गर्छु म कुरा गरेर गफ लागाउने मान्छे होइन मेरो कार्यकाल मा ४ न वार्ड का जनताले प्रत्यक्ष बिकास को महसुस गर्ने बाताबरण दिलाउने उहाँ बताउनु हुन्छ ।मैले चुनावी नारा र प्रतिबद्धता अनुसार काम गरेको छु बाकी रहेका बिकास का काम आफ्नो कार्यकाल मा सकिसक्ने उहाँ बताउनु हुन्छ। चाहे वार्डमा काम होस चाहे उपमहानगरपालिकामा होस चार न वार्ड का जनताहरु ले कुनै पनि सास्ती भोग्नु हुदैन र आज सम्म भोग्ननपरेको उहाँ बताउनु हुन्छ।
म जनताको काम को लागि निर्बाचित भएको हु मेरो अर्जुनदृष्टि भनेकै जनता को सेवा हो म जनताको सेवा को लागि र जनता लाई सहज रुपमा सेवा प्रवाह गर्न कुनै कसुर बाकी राख्दिन उहाँ बताउनु हुन्छ। उहाँले सबै स्थानिय बासीहरुलाई आफ्नो स्थानबाट जनप्रतिनिधि मात्र नभएर एक असल समाजसेवीको रुपमा आफूलाई चित्रण गर्नुभएको छ।
बिकासको मेरुदण्ड मानिने सडक यातायात लाई हरेक टोल टोल मा पुर्याउने लक्ष्य लाई आफुले मुर्तरुप दिएको उहाँ बताउनु हुन्छ ।बनहरी – चमेरे गुफा हुँदै कपुरकोट सम्म रणनैतिकमहत्त्व रहेको बाटो साथै तुल्सिपुर हुँदै कपुरकोट जोड्ने बाटो को बिकल्प को रुप मा ट्रायाक खोल्न सफल भएको उहाँ बताउनु हुन्छ। त्यसैगरी बायेखोला -कुटिचौर जोड्न ग्वारखोला मा पुल को लागि बजेट ब्यबस्थापन गरेको उहाँ बताउनुहुन्छ। पर्सेनी बनहरि हुँदै चमेरे गुफा सम्म को बाटो कालोपत्रे मा लुम्बिनी प्रदेश सरकार को बजेट ब्यबस्थापन मा उहाकै पहल कदमी रहेको बताउनुहुन्छ। म मेरो कर्यकाल भरी कुनै पनि बिकास आयोजना निर्मान को लागि बजेट को अभाब ले हुन सकेन भन्ने गुनासो रहन दिदैन ,जनताले बिकास को माग गर्नुहोस त्यो बिकास को लागि म जसरी भयपनी बजेट ब्यबस्थापन गर्छु उहाँ थप्नुहुन्छ।
दाङ को एतिहासिक मेला सुकिदह मेला र त्यहा को पोखरी को मर्मत सम्भार र उड्द्यान बनाउने कार्य अन्तिम चरणमा पुगेको उहाँ बताउनुहुन्छ। साथै बनहरिमा अत्याधुनिक सुबिधा सम्म्पन्न स्वास्थ चौकी को स्थापना,एम्बुलेन्स हस्तान्तरण र त्यहा बाट गुणस्तरिय सेवा प्रबाह भएको उहाँ बताउनुहुन्छ।
