२०८१ बैशाख ७ गते शुक्रवार

१० वर्ष ओझेलमा परेका विरोध चर्का विरोधी अभिव्यक्तिका कारण चर्चामा आए



असाेज २३ शनिबार काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा नेकपा एकीकृत समाजवादीका सांसद विरोध खतिवडा नियुक्त भएका छन्। नवनियुक्त मन्त्री खतिवडा पहिलो पटक मन्त्री भएका हुन्। उनी मकवानपुरबाट चार पटक निर्वाचित सांसद हुन्।

खतिवडाले २०४८, २०५१, २०५६ र २०७४ सालमा निर्वाचन जितेका थिए। उनले २०६४ सालमा सम्पन्न पहिलो संविधान सभा निर्वाचन र २०७० सालमा सम्पन्न दोस्रो संविधान सभा निर्वाचनमा टिकट पाएनन्। पार्टीभित्र पनि माधव नेपालसँग नजिक भएकाले मन्त्री हुने अवसर पनि पाएनन्। मन्त्री र सांसद् नभएपछि बीचमा हराए जस्तै भए।

सांसदको भूमिकामा निक्कै चर्चित मानिने विरोध खतिवडा १० वर्ष गुटको पेलानले ओझेलमा परे। यद्यपि, पार्टीमा भने पोलिटब्युरो सदस्यको जिम्मेवारीमा थिए।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच तालमेल भएपछि २०७४ मा मकवानपुर- २ बाट निर्वाचित भई चौंथोपटक संसद्‌मा छिर्ने अवसर पाए। चौंथोपटक सांसद हुँदा पनि ओलीले उनलाई मन्त्री बनाएनन्। नेपाल गुटका भएकाले ओलीको नजरमा परेनन्।

संसद् विघटनदेखि एमाले विभाजनसम्म विरोधले ओलीविरुद्ध चर्का अभिव्यक्ति दिए। ओलीकै विरोधले विरोधलाई संसद् र पार्टीमा थप चर्चित बनायो। पार्टी

२०१७ सालमा मकवानपुरमा जन्मिएका खतिवडाले २०३५ सालदेखि विद्यार्थी आन्दोलनबाट राजनीति सुरु गरेका हुन्। कानुनमा स्नातक गरेका खतिवडा विरोधकै कारण चर्चामा आएका हुन्। 

प्रकाशित मिति : २०७८ असोज २३ गते शनिवार