२०८१ असार २९ गते शनिवार

राजनीतिक हिसाबले मुलुकमा तीन धारका पार्टी छन् : अपार




तुलसीपुर, २१ असोज ।
नेपाल कम्युनिष्ट पार्टी(माओवादी) केन्द्रका केन्द्रीय सदस्य जगप्रसाद शर्मा‘अपार’ले मुलुकमा अहिले तीन धारको पार्टी रहेको बताएका छन् । नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन तुलसीपुरको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताए ।‘अहिले मुलुकमा एउटा श्रमजिवि बर्गको प्रतिनिधित्व गर्ने पार्टी छ, त्यो माओवादी हो, अर्को पुजिपति वर्गाके प्रतिनिधित्व गर्ने काँग्रेस पार्टीले छ’, उनले भने‘अर्को दलाल पुजिपति वर्गको पार्टी छ, त्यसको प्रतिनिधित्व नेकपा एमालेले गरिरहेको छ ।’
श्रमजिवी बर्गको पार्टीले बर्गले श्रमिक, हरुवा, चरुवा, गरीब बर्गको पक्षमा काम गर्ने बताए । त्यस्तै पुजिपति बर्गले पुजिपति बर्गको पक्ष वकालत गर्ने भएपनि मुलुकको अहित हुने काम भने नगर्ने उनको भनाई थियो । तर, दलाल पुजिपति बर्गले आफ्नो स्वार्थकालागि मुलुकलाई नै बेच्न तयार हुने बताए । यो बर्गको पार्टीले देश र जनताको हितकालागि काम नगर्ने नाताबाद, कृपावादमा बढि ध्यान दिने उनको भनाई थियो । अहिले एमाले भित्र राम्रा व्यक्तीहरु भएपनि पार्टी भित्रको खास प्रबृति दलाल पुजिवाद नै रहेकाले यसबाट सजक हुनुपर्ने उनको भनाई थियो ।
राष्ट्रियसभा सदस्य तथा पार्टीका लुम्बिनी प्रदेश सचिब समेत रहेका उनले पार्टीले ‘देश बनाउन टोल र पार्टी बनाउन सेल’को नारालाई आत्मसात गर्दै काम गरिरहेको बताए । उनले एक टोलमा ३ सेल कमिटि गठन गर्ने तयारी रहेको समेत बताए ।
संगठनका अध्यक्ष घनश्याम डाँगीले संगठनलाई मजवुत बनाउनकालागि सदस्यता विस्तार अभियानलाई जोड दिने बताए । उनले आफ्नो कार्यकालमा संगठनलाई बलियो र सशक्त बनाएर देखाउने बताए । त्यसकालागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने समेत बताए । कार्यक्रममा निवर्तमान अध्यक्ष डिल्लीबहादुर वलीलगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण महासचिब बसन्त भण्डारीले गरेका थिए ।

प्रकाशित मिति : २०७८ असोज २१ गते बिहिवार