२०८१ बैशाख १३ गते बिहिवार

निम्न आर्थिक अबस्था भएका परिवारलाई उपेन्द्रले दिए चामल




तुलसीपुर, २० असोज ।
निम्न आर्थिक अबस्था भएका परिवारलाई तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ जितपुर निवासी उपेन्द्र पौडेलले खाद्यान्न सहयोग गरेका छन् । उनले तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ का बिभिन्न टोलका अतिविपन्न परिवारलाई सहयोग गरेका हुन् ।

खरमा खाने अन्न अभाबकै कारण दशै मनाउन समस्या नहोस् भनि आफूले सहयोग गरेको उनले बताए । हात्तिलोटे, खाद्रे, बतासी, बायोखोलालगायतका १३ घरपरिवारलाई सहयोग गरेका हुन् । उनले आर्थिक अभाबकै कारण दशै मनाउन समस्या भएका परिवारलाई अझै पनि सहयोग गर्ने समेत बताए ।

चालम, दाल, तेल सहयोग गरेका हुन् । त्यस अवसरमा न्याउली सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष बलबहादुर नेपाली, खाद्रे खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष हेमबहादुर थापा, खानेपानी संस्थाका निवर्तमान अध्यक्ष तथा समाजसेवी शोभाराम बुढाथोकीलगायतले यो कार्यले गरीबको घरमा चुल्हो बल्ने भन्दै यस्ता सहयोगीहरुको समाजमा खाँचो रहेको बताएका थिए ।

पौडेलले यस अघि पनि बिभिन्न आर्थिक अभाब भएका परिवारलाई सहयोग गर्दै आएका छन् । रोजगारको सिलसिलामा विदेश हुँदा पनि सहयोग गरेको पौडेल अहिले घर आउँदा पनि यहाँका पीडितहरुलाई सहयोग गर्दै आएका छन् । समाजमा सबै गरीब भएपनि न्यून गरीबहरुलाई सबैले सहयोग गर्नुपर्ने उनको भनाई छ । आफूले कमाएको रकमको केही प्रतिशत सामाजिक उत्तरदायित्व अन्तरगत सहयोग गरेको उनले बताए । कार्यक्रमको सहजीकरण पत्रकार बसन्त पौडेलले गरेका थिए ।

प्रकाशित मिति : २०७८ असोज २० गते बुधवार