२०८० चैत्र १५ गते बिहिवार

दाङमा एक हप्ते आधारभूत पत्रकारिता तालिम सुरु_राप्ती सञ्चार



असोज १३

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजना तथा नेपाल पत्रकार महासंघ दाङ शाखाको संयोजनमा मंगलवारदेखि घोराहीमा सुरु भएको छ।

एक हप्ते आधारभूत पत्रकारिता प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै निवर्तमान केन्द्रीय अध्यक्ष आचार्यले पुरानो नागरिक संस्थाका रुपमा रहेको महासंघको विकास अघि बढाउनका लागि सवैको साथ र सहयोग आवश्यक रहने बताए ।

उनले नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र लोकतन्त्रका लागि महासंघले निरन्तर रुपमा आवाज उठाउँदै आएको बताए । ‘पत्रकार महासंघ अग्रणी नागरिक सस्थाका रुपमा रहेको छ । यसको विकासका लागि सवैको साथ र सहयोग आवश्यक छ ।’ उनले भने- ‘महासंघले निरन्तर नागरिक सस्थाका रुपमा भूमिका खेल्दै आएको छ ।’

सञ्चार माध्यममा क्रियाशिल पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको आधारभूत पत्रकारिता प्रशिक्षण कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले तालिमले पत्रकारहरुलाई क्षमता विकास गर्दै सञ्चार समाचार लेखनमा सहयोग पुर्याउने बताएका थिए । आधारभूत तहको पत्रकारिता तालिमले पत्रकारिता गरिरहेकाहरुलाई अघि अघि बढ्नका लागि महत्वपूर्ण सहयोग पुर्याउने भएकाले ध्यान दिएर पत्रकातिरामा लाग्न आग्रह गरेका थिए ।

नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका निर्वतमान केन्द्रीय अध्यक्ष गोविन्द आचार्यको प्रमुख आतिथ्यतामा भएको तालिमको उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघ दाङ शाखाका निर्वतमान अध्यक्ष सविन प्रियासन, नेपाल पत्रकार महासंघ केन्द्रका कार्यक्रम प्रवन्धक संघर्ष पन्त, इन्टरनेशनल अलर्टका बरिष्ठ कार्यक्रम अधिकृत बिजय क्षेत्री, हिरण्य जोशी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

नेपाल पत्रकार महासंघका उपाध्यक्ष बसन्धरा गौतमको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव आर.के.शीतलले गरेका थिए । तालिममा जिल्ला भरका ४० जना पत्रकारहरुको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २०७८ असोज १३ गते बुधवार