२०८० चैत्र १६ गते शुक्रवार

जातीय र लैङ्गगिक विभेद विरुद्ध” दलित महिला संगठन” गठन अध्यक्षमा सरु सुनार



बुटवल , जातीय छुवाछूत , विभेद र लैङ्गगिक हिंसा विरुद्ध देशब्यापी रूपमा अभियान संचालन गर्ने उदेश्य सहित दलित महिला संगठन घोषणा भएको छ ।
प्रदेशको प्रतिनिधित्व गर्दै ७ प्रदेशको प्रतिनिधि मुलुक अन्तरक्रिया तथा भेला कार्यक्रममा ३० जिल्लाका सामाजिक क्षेत्रमा कृयाशिल महिला दिदिबहिनीहरुको सहभागीता थियो ।
सन्चारकर्मी तथा महिला अधिकारकर्मी सरु सुनारको अध्यक्षतामा बुटवलको होटल मेरि गोल्डमा असोज ९ र १० गते छलफल तथा अन्तरक्रिया भएको थियोे ।
दलित महिला तेहोरो शोषण र उत्पीडिनमा परेको र दलित महिलाका मुद्दा महिला आन्दोलनले महिलाको मुद्दा भनी स्वीकार नगर्ने र दलित भित्र पनि सबैभन्दा बढी जातीय छुवाछूत र विभेद र हिंसा दलित महिलाले नै भोग्नु परेको तर दलित महिलाको मुद्दामा विभिन्न संघसंस्था मौन रहेको भन्दै सन्चारकर्मी सरु सुनारले दलित महिला सगठित हुनुको विकल्प नरहेको बताइन् ।महिला आरक्षणको नाममा
हुनेखाने र उपल्लो समुदायको महिलाको रजाइँ र महिलाको प्रतिनिधित्व अनिवार्य भएको ठाउँमा दलित महिलाले स्थान नपाएको भन्दै विभिन्न सबैधानिक आयोगमा महिलाको प्रतिनिधित्व हुँदा दलित महिलाको नभएको भन्दै दलित महिला माथिका हत्या , बलात्कार र हिंसा चरम हुँदा पनि दलित महिला भएकै कारण न्याय नपाएको कारण यो अभियान सुरु गर्न बाध्य भएको बताइन् ।
विभिन्न जिल्लाबाट आएका कृयाशिल महिलाहरुले अब आफ्नो मुक्ति र हिंसाको लडाइ लड्नै पर्ने बताएका थिए ।
गुल्मीको प्रतिनिधित्व गर्दै अधिकारकर्मी सीता बिक र माया बरालले विभिन्न सघ सस्था र राज्यले दलित महिलाको लागि लगानी गरेको भनेर देखाए जस्तो गरे पनि दलित महिलाका समस्या र गरिबीमा कुनै फरक नआएको बताए ।
बर्दियाको प्रतिनिधित्व गर्दै हिरा बिश्वकर्मा भन्छिन् दलित महिला भएकै कारण हामीले हामीसग क्षमता हुदा पनि अबसर नपाएको साथै जातीय बिभेद र सामाजिक हिंसाको विरुद्ध गैरदलित महिलाले साथ दिनु पर्ने र उनिहरुको सोच बदलिन जरुरी भएको बताइन् ।
नबरपुरबाट प्रतिनिधित्व गर्दै रत्ना बराइली भन्छिन दलित महिलाको नेतृत्व अहिले पनि सजिलै उच्च समुदाय भनिनेहरुले स्वीकार गर्न सक्दैनन् ।
हुम्लाको प्रतिनिधित्व गरेकि प्रमिला नेपाली भन्छिन ।
दुरदराज र बिगट जिल्लामा दलित महिलाले भोगेको पीडा अहिलेसम्म केन्द्रमा समेत पुग्न नसकेको भन्दै दलित महिलालाई आर्थिकरूपमा समृद्द बनाउन जरुरी भएको बताइन्
विभिन्न जिल्ला र प्रदेशको प्रतिनिधित्व गर्दै आएका दलित महिलाहरुले आफ्नो आफ्नो जिल्लाको रिपोर्टिङमा दलित महिला माथिको हिंसा यो बोलेर र ब्याख्या गरेर शब्दमा बयान गर्न नसकिने बताएका छन् ।
दुइ दिनको भेलाले सरु सुनारलाइ सर्बसम्मत यो अभियान सयोजकको रूपमा घोषणा गरेको थियोे ।
७ प्रदेशका इन्चार्ज सहित केन्द्रिय समिति घोषणा भएको सरु सुनारले जानकारी दिएकी छिन ।
विभिन्न सघ सस्था खोलिए पनि दलित महिलाका घटनामा प्रत्यक्ष फिल्डमा पुग्न कोहि नचाहेको भन्दै यो अभियानले दलित महिला मुद्दा लाई ससक्त रूपमा उठाउने बताएकी छिन् । गत भदौ ४ गते कालिकोटमा दलित बालिका निरु बिकको बलात्कार पछि हत्या हुँदा दलित अधिकारकर्मीको मौनता र अन्य समुदायको कुनै चासो नदेखाएको भन्दै अब आफ्नो सगठन छिटै कालिकोट पुग्ने समेत बताइन् ।

प्रकाशित मिति : २०७८ असोज ११ गते सोमवार