२०८२ बैशाख २९ गते मङ्गलवार

बाँच्ने आश मारिसकेका ७३ यात्रु जब धावनमार्गमा उत्रिए…राप्ती सञ्चार




काठमाडौं ।असाेज ११. सोमबार विराटनगर विमानस्थलमा अवतरणका क्रममा ल्याण्डिङ गियर इण्डिकेटरमा समस्या आएपछि अवतरणमा समस्या आएको बुद्ध एयरले जनाएको छ ।

काठमाडौंबाट विराटनगर उडेको बुद्ध एयरको जहाज अवतरणका क्रममा समस्या आएपछि अवतरण नगरी गन्तव्य स्थलबाटै काठमाडौं फर्किएको थियो ।

बुद्ध एयरको जहाजमा कुल ७३ जना यात्रु सवार रहेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फर्किएको जहाजले धेरै बेरसम्म फन्को मार्यो । धावनमार्गमा फम राखेर अवतरण गर्ने योजना बनाइयो ।

धावनमार्गमा फम राखेर अवतरण गर्ने क्रममा ल्याण्डिङ गियरले काम गरेपछि जहाज अवतरण गरिएको थियो । जहाजले अवतरण गर्न नसकेर समस्या आएपछि जहाजभित्रै यात्रुको रूवाबासी चलेको थियो । यात्रुहरुले बाँच्ने आश मारिसकेको अवतरणपछि भनेका छन् ।

प्रकाशित मिति : २०७८ असोज ११ गते सोमवार