२०८१ माघ २४ गते शुक्रवार

बर्दियामा एमाले अध्यक्ष केपी ओलीको भाषण सुन्न कार्यकर्ताहरुकाे भिड -राप्ती सञ्चार



असाेज ०६.बर्दिया – बर्दियामा एमाले अध्यक्ष केपी ओलीको भाषण सुन्न कार्यकर्ताहरुकाे भिड । अध्यक्ष ओलीको भाषण सुन्न हलभित्र कार्यकर्ता ठाउँ नभएपछि बाहिर समेत डिजिटल स्क्रिन राखिएको थियाे

नेकपा (एमाले) का अध्यक्ष ओलीले सरकार सञ्चालन गरेका दलले जालझेल गरेर प्रतिपक्षमा पठाएको आरोप लगाएका छन्। बर्दिया जिल्लामा आयोजित एमालेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘अनेक जालझेल गरेर जनादेशबाट होइन परमादेशबाट हामीलाई प्रतिपक्षमा पठाइएको छ।’ जनताको हातमा मतपत्र नपरेसम्म परमादेश सरकार सञ्चालन हुने दाबी गरे।

ओलीले भने, ‘जबसम्म जनताको हातमा मतपत्र पर्दैन। तबसम्म मात्रै परमादेश सरकार रहन्छ। जनताका हातमा मतपत्र परेपछि मात्र विपक्षी दलले परमादेश होइन जनादेशको महत्व बुझ्छन्।’

आफ्नो सरकारले विकास निर्माणको कार्य तीव्र गतिमा अगाडि बढाएको बताउँदै तत्कालीन सरकारले विकासका काम गर्न बजेट छैन भन्दै जनताका काम गर्न आनाकानी गरेको पनि आरोप लगाए।

प्रकाशित मिति : २०७८ असोज ६ गते बुधवार