२०८० मङ्सिर २४ गते आइतवार

अस्ताय गायक जेबी टुहुरेक



भाद्र १०
जनगायक एवं संविधान सभा सदस्य जेबी टुहुरेको निधन भएको छ। ७८ वर्षीय टुहुरोको बिहीबार उपचारका क्रममा बल्खुस्थित बयोधा अस्पतालमा निधन भएको हो।
कलंकीस्थित आफ्नै घरमा अचानक लडेर बेहोस भएपछि उनलाई मंगलबार अस्पताल लगिएको थियो। मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका बिरामी टुहुरेको बयोधा अस्पतालको सिसियु कक्षमा भर्ना गरी उपचार गरिएको थियो।

टुहुरेको पार्थीव शरीरलाई आज साढे १ बजेदेखि २ बजेसम्म नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा राखिने र आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ।

प्रकाशित मिति : २०७८ भाद्र १० गते बिहिवार