
सामाजिक सञ्जाल टिकटकमा राष्ट्रपति र प्रधानमन्त्रीको ट्रोल भिडिओ पोस्ट गर्ने एक जना पक्राउ परेका छन् ।
ट्रोल बनाई चरित्रहत्या गर्ने नियतले फोटो ईडिट गरि टिक टक मा भिडिओ पोस्ट गरेको अभियोगमा झापास्थित मेचीनगर नगरपालिका वडा नं. ६ बस्ने सोमप्रसाद घिमिरे पक्राउ परेका हुन् ।
उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडाैं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा पक्राउ गरिएको हो ।
जिल्ला अदालत काठमाडाैंको आदेशले शुक्रबार ७ दिन म्याद थप गरी उनीमाथि अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ ।
प्रकाशित मिति : २०७८ साउन १० गते आइतवार