२०८१ माघ ५ गते आइतवार

सल्यानको कालिमाटी गाउँपालिका ३ रामपुरमा रोकी राखेको टिप्परको टायर फेर्ने क्रममा जग भासिदा सहचालकको मृत्यु



मृत्यु हुनेमा कालिमाटी गाउँपालिका –२ सिमलकुनाका अन्दाजी १९ वर्षीय ज्ञान बहादुर ओली रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले बताए । घटनाको थप अनुसन्धान भइरहेको पौडेलको भनाई छ ।

यता ३ तलाको घर भत्किदाँ २ जना घाइते भएका छन् ।
जिल्लाकाे बनगाड कुपिण्डे नगरपालिका- ११ गंगटेमा रहेकाे भेरि हाइवय हाेटल भएकाे ३ तले घरकाे जग भाँसिएर भत्किदाँ २ जना घाइते भएका हुन् ।

घाइते हुनेहरुमा हाेटलमा काम गर्ने रुकुम पश्चिम सानाेभेरी गाउँपालिका ८ का १३ वर्षीय युवराज डाँगी र ग्राहक सल्यान कुमाख गाउँपालिका २ का ५० वर्षीय लिल बहादुर रावत रहेकाे सुचना अधिकारी पाैडेलले बताए । घाइतेहरुको अवस्था सामान्य रहेकाे र स्थानीय स्वास्थ्य चाैकीमा उपचार भैरहेकाे उनले बताए।

प्रकाशित मिति : २०७८ साउन ६ गते बुधवार