
असार, २६ । शनिबार दिउँसो परेको वर्षाका कारण भक्तपुरको सडकमा पानी जमेको छ । आकासे पानी ढलमा पास नहुँदा सडकमा पानी जमेर केहीबेर सवारी आवागमनमा असहज भएको थियो ।
अरनिको राजमार्ग अन्तर्गत सूर् विनायक नजिकै सडकमा पानी जमेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भल रोकिएर जमेको पानीले केहीबेर असहज भए पनिअहिले अवस्थामा सामान्य भइसकेको छ ।
र जेसीबीको सहयोगमा ढल खोलेर पानी बगेपछि अहिले अवस्था सहज भएको प्रहरीले जनाएको छ । अनलाइनबाट साभार
प्रकाशित मिति : २०७८ असार २६ गते शनिवार